२३ बैशाख २०८१, आइतबार

२५ सय बोट गाँजा नष्ट


gaja-nasta

४ असोज, मेलम्ची । लागूऔषधका कारण गाउँबस्तीमा आपराधिक घटना बढिरहेका बेला सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले गाँजाखेती नष्ट गर्न थालेकोे छ । पछिल्लो एक सातामा जिल्लाका विभिन्न स्थानमा गरी प्रहरीले २५ सय गाँजाका बोट नष्ट गरेको हो ।

अपराध न्यूनीकरणका लागि ‘स्कूल–स्कूलमा प्रहरी’ अभियान शुरु गरेको उक्त कार्यालयले जिल्लाको ठूलोपाखर, जेठल, इर्खु र भोटेचौरमा गरी करिव २५ सय गाँजाका बोट नष्ट गरिएकामा ठूलोपाखरमा एक हजार ५००, भोटेचौरमा ७००, इर्खुमा १५० र जेठलको मुडेमा १०० बोट गाँजा नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ ।

“समाजमा आपराधिक घटना बढिरहनुमा गाँजा एउटा प्रमुख कारण हो”, जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीले भन्नुभयो, “अब गाउँबस्तीमा समेत पुगेर प्रहरीले गाँजा नष्ट गर्नेछ ।”

चोरी, डकैती, यौन हिंसाका घटना र सवारी दुर्घटनाका घटना लागूऔषधकै कारण बढिरहेको प्रहरी अनुमान छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !