११ जेष्ठ २०८१, शुक्रबार

लागुऔषधसहित एक पक्राउ


पक्राउ

३ असोज, वीरगञ्ज ।  भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज बिहान लागुऔषधसहित एक जना नेपालीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–२ देवीस्थान बस्ने ३८ वर्षीय दीपक कुँवर रहेका छन् । कुँवरले भारतबाट नेपालतर्फ आउँदा झोलामा लुकाई राखेको अवस्थामा मोलिन २५ थान, वाइजा ल्याप २५ थान तथा फेनालगन २५ थानसहित पक्राउ परेका छन् ।

पक्राउ परेका कुँवरलाई लागुऔषधसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !