२४ बैशाख २०८१, सोमबार

रेडस्टार झापा गोल्डकपको फाइनलमा


फुटबल

१५ भदौ, ताप्लेजुङ ।  रेड स्टार झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाइनलमा पुगेको छ ।

टाइबेकरमा ४–३ गोल अन्तरले राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै रेड स्टार झापा फाइनलमा पुगेको हो । निर्धारित र अतिरिक्त समयमासमेत १÷१ गोलको बराबरी भएपछि खेल टाइबेकरमा धकेलिएको थियो । रेड स्टारका लागि पदम लामा, विवेक पौडेल, भुषण लिम्बू र कर्ण लिम्बूले टाइबेकरमा गोल गरेका थिए ।

राष्ट्रिय जागृति क्लब इटहरीका लागि भने खेल क्याप्टेन रमेश राजवंशी, उमेश कार्की र रोमन लिम्बूले गोल गरे । यसअघि निर्धारित समयको छैटौँ मिनेटमा राष्ट्रिय जागृति क्लब इटहरीका लागि तीर्थ बस्नेतले गोल गरेका थिए भने दोस्रो हाफको ३९औँ मिनेटमा रेड स्टारका निशान लिम्बूले गोल गर्दै बराबरी गरेका थिए ।

शुक्रबार मध्याह्नपछि हुने सेमिफाइनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज् काठमाडाँै र न्यु स्टार झापाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

सदरमुकाम फुङलिङको भानुजन माविको खेल मैदानमा भइरहेको प्रतियोगिताको विजेताले रु तीन लाख एक हजार १११ र उपविजेताले रु एक लाख ५१ हजार १११ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

खेलकूदका माध्ययमबाट प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचारप्रसार गरी जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको छ । लाखे जात्राका अवसरमा विसं २०२९ देखि प्रत्येक वर्ष खेल हुँदै आए पनि विसं २०७४ देखि भने यसको नाम परिवर्तन गरेर पाथीभरा गोल्डकप बनाइएको हो । लाखे जात्रा खेल सञ्चालन समितिको आयोजनामा भदौं ८ गतेदेखि जारी प्रतियोगिता यही भदौं १६ गते सकिनेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !