२३ बैशाख २०८१, आइतबार

म अझै महरा सरले नै चिनिन्छु : सभामुख महरा


;efd’v awfO{ ;df/f]xdf KofJ;g sf7df8f}Fåf/f zlgaf/ P;OO kl/Iffsf pTs[i6 laBfyL{nfO{ awfO{ lbg cfof]lht ;df/f]xdf k|ltlglw;efsf ;efd’v s[i0faxfb’/ dx/fnufot . tl:a/ M gjLg kf}8]n, /f;;

९ भदौ, काठमाडौँ ।  सभामुख कृष्णबहादुर महराले आफूले पढाएका धेरै विद्यार्थी मुलुकको राजनीतिकको शीर्ष स्थानमा पुगेको बताउनुभएको छ ।

आफूलाई धेरैले ‘महरा सर’ भनेर सम्बोधन गर्ने गरेको उल्लेख गर्दै भन्नुभयो, “मैले अध्यापन गराएको वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हुनुहुन्छ । पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश नं ५ का आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी मेरै विद्यार्थी हुनुहुन्छ । केही विद्यार्थी अर्कै पार्टी खोलेर त्यसको प्रमुख पनि हुनुभएको छ ।”

विद्यालयमा पढाएको विद्यार्थी मात्रै नभई राजनीति पढाएको पनि विद्यार्थी रहेको भन्दै सभामुख महराले आफूलाई राजनीतिकरुपमा भन्दा पनि सरकैरुपमा चिन्ने गरेको उल्लेख गर्नुभयो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) जिल्ला कार्यसमिति काठमाडौँले आयोजना गरेको एसइई सम्मान कार्यक्रम–२०७५ लाई सम्बोधन गर्दै उहाँले आफू सरकैरुपमा स्थापित भएकामा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “पढ्ने तथा पढाउने काममा अल्छी नगर्नुस् किनकी देश तपाईहरुको हातमा छ ।” शिक्षा क्षेत्रमा धेरै सुधार गर्नुपर्ने विषय रहेको भन्दै सभामुख महराले शिक्षालाई मौलिक हकका रुपमा स्थापित गर्नुपर्ने र त्यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

उहाँले विद्यार्थीलाई उत्कृष्ट शिक्षा लिन र भावी दिनमा देशको नेतृत्व लिने तवरले काम गर्न आग्रह गर्नुभयो । उहाँले शिक्षक र विद्यार्थीलाई आआफ्नो जिम्मेवारी निर्वाह गर्नसमेत अनुरोध गर्नुभयो । सरकारले लिएको समृद्धिको लक्ष्य पूरा गर्न शिक्षा क्षेत्रबाट महत्वपूर्ण योगदान दिन सभामुख महराको आग्रह थियो । कार्यक्रममा सभामुख महराले एसइई परीक्षमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।

यस्तै प्रदेश नं ३ का प्रदेशसभा सदस्य दीपक निरौलासमेत सम्मानित हुनुभएको थियो । कार्यक्रममा प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठले प्याब्सनको गतिविधिका बारेमा जानकारी गराउँदै शैक्षिक क्षेत्रको उन्नयनका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !