२२ बैशाख २०८१, शनिबार

मेचीनगरमा फिजियोथेरापी सेवा शुरु


pysiotherephy

७ भदौ, भद्रपुर ।  मेचीनगर नगरपालिका–६ काँकरभिट्टामा आजदेखि फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ ।

रु नौ लाख ५० हजारको लागतमा सो सेवा सञ्चालनमा आएको हो । हड्डी तथा नशाका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएका कारण उनीहरुलाई उपचार गर्न टाढा जान नपरोस् भन्ने उद्देश्यले मखमली बचत तथा ऋण सहकारी संस्थाले सो सेवा सञ्चालनमा ल्याएको हो ।

फिजियोथेरापिस्ट डाक्टर आस्ना महर्जनले क्लिनिकमा कुम, गर्दन, कुहिना, ढाड, घुँडा, कुर्कुचा दुख्ने, नशा च्यापिएको, मुख बाङ्गेको प्यारालाइसिस तथा हातखुट्टा झम्झमाउने समस्याको विद्युतीय तथा अल्ट्रासाउण्डका माध्यमबाट फिजियोथेरापी सेवा प्रदान गरिने बताउनुभयो ।

यसअघि सो सेवा लिनका लागि यहाँका वासिन्दालाई विर्तामोड र भारतको सिलगुडीसम्म पुग्नुपर्ने वाध्यता रहेको संस्थाका अध्यक्ष राधा प्रधान कार्कीले बताउनुभयो ।

उक्त सेवा प्राप्त गर्ने संस्थाका सदस्यलाई १० प्रतिशत र ज्येष्ठ सदस्यलाई ६५ प्रतिशत छुटको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !