२२ बैशाख २०८१, शनिबार

सामाजिक संजाल चलाउनुहुन्छ ? होसियार यसो गरे हुनसक्छ तीन वर्षसम्म कैद


social-media

२९ साउन, काठमाडौं । तपाईं सामाजिक संजाल पक्कै पनि चलाउनुहुन्छ । सामाजिक संजालवाट नयाँ साथी खोज्ने र सम्बन्ध विस्तार गर्ने बानी पनि होला । त्यतिमात्र होइन परिचित या अपरिचित जोसँग पनि सामाजिक संजालमा नजिकिने र जिस्किने बानी पनि छ कि ? जिस्किने वा रमाइलोको नाममा अश्लील बोलिरहनु भएको छ भने सावधान ! अब त्यो बानी छोड्नुहोस् ।

अबको दुई दिनपछि अर्थात् भदौ १ गतेदेखि नेपालमा नयाँ कानुन लागू हुँदैछ। धेरैलाई यो कानुन बारे थाहा नहुन सक्छ। तर अब नयाँ कानुन बारेमा थाहा हुनु आवश्यक भइसकेको छ नत्र सजायको भागीदार हुनुपर्ला ।

तपाईँलाई थाहा छ ? भदौदेखि फेसबुक, ट्विटर वा इमेलबाट कसैलाई अश्लील बोलेमा वा यौन दुर्व्यवहारको आसयले जिस्क्याएमा तीन वर्षसम्म कैद हुनसक्ने कानुन लागू हुँदैछ। यस्तो व्यवस्था मुलुकी अपराध संहिता ऐन २०७४ ले गरेको छ। हेरौँ के छ कानुनमा?

यस्तो कानुन पहिले पनि नभएको हैन। तर  पुरानो कानुनलाई अहिले विस्तृत बनाइएको छ। अहिलेको कानुनमा विद्युतीय माध्यम भनेर इमेल, इन्टरनेट जसमा फेसबुक, ट्विटर आदि पनि पर्छन्, त्यसलाई पनि समेटिएको छ।

ऐनको दफा २२४ मा यस्तो भनिएको छ-

Sexual harresment

यसले फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल, इमेल आदिबाट कसैलाई अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रुपमा पठाएमा, अश्लील चित्र वा फोटो देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा यौन दुर्व्यवहार गरेको मानिनेछ। यस्तो गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ।

त्यसैले अब सावधान हुनुहोस् र कानुनबारे आफ्नो निकट व्यक्तिहरुलाई समेत जानकारी दिनुहोस् जसलेगर्दा आफू र आफन्तलाई यौन दुर्व्यवहार हुन र सजायको भागीदार बन्ने अवस्थामा सचेत गर्नसक्नु हुनेछ ।

पुरा कानुन यहाँ पढ्नुहोस् : मुलुकी अपराध संहिता ऐन, २०७४

र यो पनि हेर्नुहोस् : दिउँसो अफिसमा, राति जेलमा : अब यस्तो पनि सम्भव हुँदैछ नेपालमै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !