१४ बैशाख २०८१, शुक्रबार

संवेदनशील हुन आयोगको आग्रह


National Human Rights Commission

२१ साउन, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बादी समुदायको आत्मसम्मानप्रति संवेदनशील हुन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आइतबार विज्ञप्ति जारी गदै बादी समुदायको सम्मानपूर्वक बाँच्न पाउने हक र मानव अधिकारको निर्वाध उपभोगको प्रत्याभूतिका गराउन आग्रह गरेको हो ।

हालै निर्माण भएको चलचित्र ‘पण्डित बाजेको लौरी’ र उपन्यास कृति ‘नथिया’ र ‘ऐलानी’मा ठाँउ–ठाँउका प्रयोग भएका शब्द र सन्दर्भले बादी समुदाय र त्यस समुदायका महिलाको आत्मसम्मानमा ठेस पुगेको र त्यसबाट सो समुदायको मानव अधिकारको उल्लङ्घन भएकोे जनाइएको छ । राष्ट्रिय बादी परिषद्ले समेत आयोगलाई उक्त शब्दले बादी समुदायको आत्मसम्मानप्रति ठेस पुगेको बताउँदै ज्ञापन पत्र बुझाएका थिए ।

आयोगले चलचित्र निर्माता तथा सम्बन्धित उपन्यासकारलाई परिषद्ले बुझाएको ध्यानकर्षण पत्रको प्रतिलिपिसहित बादी समुदायप्रतिको उहाँहरुको धारणा मागसमेत गरेको छ । साथै आयोगले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत सो सम्बन्धमा जानकारी माग गरिएको जनाइएको छ ।

नेपालको संविधानको धारा १६ (१) मा सम्मानपूर्वक बाँच्न पाउने हक र धारा २४ (३) मा छुवाछुत तथा जातीय विभेदविरुद्धको हकको व्यवस्था रहेको एवम् मुलुकी ऐन, महल १० (क) ले कसैलाई धर्म, वर्ण वा कामको आधारमा छुवाछुत, भेदभावपूर्ण व्यवहार र वहिष्कार वा निषेध गर्न नपाउने व्यवस्थाप्रति गम्भीर रहनसमेत आयोगले आग्रह गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !