२० बैशाख २०८१, बिहिबार

निर्माणाधीन भूमिगत प्रसारण लाइन दुई महिनामा पूरा गर्न मन्त्री पुनको निर्देशन


Barshaman pun

२० साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मातातीर्थमा निर्माणाधीन भूमिगत प्रसारण लाइनको निरीक्षण गरी काम दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

१ हजार ३ सय ९ मिटर भूमिगत लाइनमध्ये अहिलेसम्म करिब ६ सय ३० मिटर पूरा भएको छ । निर्माणस्थलमा वन र स्थानीयको समस्या रहेकाले निर्माणलाई गति दिन नसकिएको आयोजनाले जानकारी गराएको छ ।

varshaman punउत्पादित विद्युत खेर जान नदिन समयमै प्रसारण लाइन पूरा हुनुपर्ने मन्त्री पुनले बताए । ‘वन, स्थानीयबासी र सुरक्षा सबैको व्यवस्था गर्ने जिम्मा सरकारले लिन्छ, सुरक्षाबारे गृह मन्त्रीसँग पनि कुरा भइसकेको छ,’ मन्त्री पुनले भने, ‘तर, काम समयमै सकिनुपर्छ ।’

यता विद्यमान समस्या समाधान भए २ महिनाभित्र काम पूरा हुने चिनियाँ ठेकेदार सिडब्लूईले प्रतिबद्धता जनाएको छ । स्थानीयलाई असर नपर्ने गरी निर्माण भइरहेको यो देशकै पहिलो भूमिगत प्रसारण लाइन हो ।

प्रसारण लाइनको बाडभञ्ज्याङस्थित पातलेवनमा गाडिने एउटा टावरमा पमतलेवन रिसोर्टले विरोध गरेको थियो । अहिले यो समस्या समाधान भइसकेको छ । त्रिशूली–काठमाडौं प्रसारण लाइनमा निर्माण हुने १ सय ४० टावरमध्ये १ सय २७ वटाको निर्माण पूरा भएको छ ।

त्रिशूली कोरिडोरमा उत्पादित विद्युत प्रवाह गर्ने मुख्य तथा महत्त्वपूर्ण लाइन भएकाले तोकेको समयभित्र पूरा गर्न निर्देशन दिइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !