५ जेष्ठ २०८१, शनिबार

महिला सञ्जालद्वारा कारवाही गर्न माग


Nepalpatra

१६ साउन, काठमाडौँ । अन्तरपार्टी महिला सञ्जालले कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ निवासी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको शीघ्र छानबिन गरी दोषीलाई कडा सजाय गर्न माग गरेको छ ।

घटना भएको एकसाता बितिसक्दा पनि स्थानीय प्रशासनले घटनाका अपराधी पत्ता लगाउन नसकेको र घटनाप्रति गम्भीरता नदेखाएको भन्दै सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गत बिहीबार बिहान ११ बजे साथीको घरमा गएकी उक्त बालिकाको शुक्रबार भीमदत्त पन्त नगरपालिका–१८ निमखुखेडास्थित उखुबारीमा शव फेला परेको थियो । सञ्जालद्वारा जारी विज्ञप्तिमा घटनाको छानबिन गरी अपराधी पत्ता लगाई सर्वस्वहरणसहित आजीवन काराबासको सजाय गर्न माग गरिएको छ ।

सञ्जालका अध्यक्ष नीलम बर्मा र महासचिव कल्याणी रिजालद्वारा विज्ञप्तिमा बलात्कृत बालिकाका आफन्तलाई उचित क्षतिपूर्ति दिन सरकारसँग अपिल गर्दै बालिकाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

सञ्जालले महिला तथा बालबालिकामाथि हिंसा र अपराधका घटना बढेको भन्दै सुरक्षा व्यवस्था मजबुत बनाई शान्तिपूर्ण जीवनयापनको वातावरण सिर्जना गर्न सरकार समक्ष माग गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !