४ जेष्ठ २०८१, शुक्रबार

साइबर सुरक्षाका लागि सामूहिक प्रयासमा जोड


Cyber Security

१३ साउन, काठमाडौँ । साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यबद्धता जनाउँदै नेपालमा पहिलोपटक आयोजित दुई दिवसीय ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ शनिबार राजधानीमा सम्पन्न भयो ।

सम्मेलनमा साइबर अपराध, साइबर नीति र कानून तथा सुरक्षाका विभिन्न अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर छलफल भएको थियो ।

त्यसैगरी साइबर सुरक्षाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा सरोकारवालाहरुबीच सहकार्य हुनुपर्नेमा सम्मेलनले जोड दिएको छ ।

सम्मेलनका प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्रा. जीवराज पोखरेलले साइबर सुरक्षाका चुनौती घटाउन नेपालमा पनि सामूहिक प्रयास आवश्यक रहेको भन्दै त्यसनिम्ति चेतना अभिवृद्धि अपरिहार्य भएको बताउनुभयो ।

सम्मेलनमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, अमेरिका र बेलायत सूचना प्रविधि क्षेत्रका जानकारले भाग लिएका थिए ।

यसैगरी सम्मेलनमा सरकारी, व्यावसायिक, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, शैक्षिक संस्थालगायका क्षेत्रबाट २०० जनाको सहभागिता थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !