५ जेष्ठ २०८१, शनिबार

कार्यालय भवन निर्माणका लागि नगरप्रमुखद्वारा जग्गा दान


Nepalpatra

१३ साउन, राजविराज । सप्तरीको बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्नुभएको छ । उहाँले करीब रु पाँच करोड मूल्य बराबरको जग्गा दान गर्नुभएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको केन्द्र वरसाइन बजारमा कार्यालयको नयाँ भवन निर्माणको उद्देश्यले आफ्नै नाममा रहेको १० कट्ठा जग्गा दान गर्नुभएको हो । पहिलेदेखि सञ्चालनमा रहेको नगरपालिकाको कार्यालय कृषि सेडमा सञ्चालन हुँदै आएको थियो । उक्त स्थानमा सेवाग्राहीअनुसार ठाउँ नरहेकाले जनतालाई सुविधा हुने गरी बजारमै नयाँ कार्यालय भवन निर्माण होस् भनेर उहाँले आफ्नै जग्गामा नगरपालिका भवन निर्माण गर्न लागिएको बताइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !