२३ बैशाख २०८१, आइतबार

आज साउने संक्रान्ति


Nepalpatra

१ साउन, काठमाडौं ।  आज साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ।

निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण दिनका रूपमा मान्ने गरिन्छ।

साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर ख्वाउने सबैजसो समुदायमा चलन छ। आर्थिक कारोवार गर्नेहरूले पनि यो दिनलाई विशेष रुपमा लिन्छन्। नेपालको आर्थिक वर्ष साउन १ गतेबाट सुरु हुन्छ।

साउने संक्रान्तिसँगै नेपालीहरूका अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व धेरै छ। आज साँझ गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ। निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझ अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ।

यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ। कतिपय जातजातिले आजको दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !