१४ बैशाख २०८१, शुक्रबार

मुखियालाई राष्ट्रपति कृषक पुरस्कार


Nepalpatra

२२ असार, महेन्द्रनगर, धनुषा । माछा उत्पादनमा देशभरमै उत्कृष्ट ठहरिएका धनुषाका बौएलाल मुखिया राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

कृषिमन्त्री चक्रपाणि खनालले मुखियालाई बुधबार उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गर्नुभएको हो । पुरस्कारको राशी रु एक लाख रहेको छ ।

बौएलालले माछापालनबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दैआउनुभएको छ । धनुषा सहिदनगर नगरपालिका–४ नन्नुपट्टीका ७० वर्षीय मुखियाले १३ बिगाहा जग्गामा ‘मुखिया मत्स्य प्रजनन फार्म’ सञ्चालन गर्नुभएको छ । उहाँले २०२९ सालदेखि माछापालन गर्दैआउनुभएको छ ।

मुखियाले निजी स्तरमा करिब ५० बिघा जग्गा भाडामा लिएर ४० वटा माछा पोखरी र नर्सरी पोखरी निर्माण गर्नुभएको छ । उहाँले वार्षिक रु सात करोड बराबरका माछाका भुरा र करिब ३०० क्विन्टल माउ माछा बिक्री गरिरहनुभएको छ । फार्ममा उत्पादित माछाका भुरा काठमाडौँ, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरीलगायत जिल्लाका किसानले खरिद गर्ने गरेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !