१८ बैशाख २०८१, मंगलबार

भ्यूटावरकालागि पाँच बिगाह जग्गा उपलब्ध


viewtower

१९ असार, दमक ।  झापाको दमक–३ स्थित प्रस्तावित भ्यू टावर निर्माणका लागि पाँच बिगाह जमीन सरकारलाई उपलब्ध गराइएको छ ।

जमीन अभावका कारण रोकिएको भ्यूटावर निर्माण कार्य सुरु गर्नका लागि स्थानीयबासीले पाँच बिगाहभन्दा बढी जमीन जुटाएपछि अब भ्यूटावर कार्य अगाडि बढ्ने भएको हो ।

वडा कार्यालयले भ्यूटावरका लागि आवश्यक जमीन जुटाएपछि अब दमकमा अत्याधुनिक नमूना भ्यूटावर बन्ने बाटो खुलेको वडाध्यक्ष नवीन बरालले बताउनुभयो । उहाँका अनुसार नगरपालिकासहित भ्यूटावर समितिको एक टोली काठमाडाँै पुगेर भ्यूटावरको जग्गा सरकारलाई हस्तान्तरण गरिएको छ ।

नगरप्रमुख रोमनाथ ओली, उपप्रमख गीता अधिकारीसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जग्गाको धनीपूर्जा हस्तान्तरण गरिएको वडाध्यक्ष बरालले बताउनुभयो ।

त्यसक्रममा जग्गाको पूर्जा ग्रहण गर्नुहुँदै प्रम ओलीले अब भ्यूटावरको कामले गति लिने विश्वास व्यक्त गर्नुभएको उहाँले बताउनुभयो । सो भ्यूटावरको गतवर्ष प्रम ओलीले शिलान्यास गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !