१४ बैशाख २०८१, शुक्रबार

पाँच वर्षमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य


Bardiya National Park

१७ असार, गुलरिया, बर्दिया । निकुञ्जमा बाघ संरक्षणसम्बन्धी सर्वपक्षीय चिन्ता बढेको छ ।

वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी  अन्तरक्रियामा यस्तो चिन्ता व्यक्त भएको हो ।

निकुञ्जका प्रमुख मनोजकुमार शाहले एशियाका १३ वटा देशमा छ प्रजाति पाइएकामा तीन वटा प्रजातिका बाघ लोप भइसकेको बताउनुभयो ।

आहाराको अभाबले बाघको संरक्षणमा कठिनाइ भएकाले पाँच वर्षे बाघ संरक्षण योजना बनेको र सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य निकुञ्जको रहेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका श्यामकुमार थापाले बाघ संरक्षणका लागि सबै संस्था जुटेको र यसको संरक्षण गर्दा अन्य बन्य जन्तुको पनि संरक्षण हुने भएकाले सुखा स्थानमा वृक्षरोपणका साथै ८३ वटा पोखरी निर्माण गरी पानीको व्यवस्थापन गरिएको बताउनुभयो ।

निकुञ्जले निकुञ्ज आसपासका जनताका समस्या समाधान नगर्दा जनता मारका परेकाले अन्नबाली क्षतिको पूर्ति दिनुपर्ने पत्रकार महासंघका अध्यक्ष राजेन्द्र घिताललगायतले माग गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु