४ जेष्ठ २०८१, शुक्रबार

भित्ती–मोतीपुर सडक अवरुद्ध


charkilo road

१७ असार, दुनै, डोल्पा ।  भित्ती–मोतीपुर सडकखण्ड अवरुद्ध भएकाका कारण यहाँका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

वर्षात्का कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत बागडाँडामा पर्ने १० मिटर सडक पहिरोले पुरेको झण्डै तीनसाता बितिसक्दा पनि उक्त सडकखण्ड नखुल्दा खसिरहेको पहिरो मुनिको सानो बाटोबाट सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
सुँपानीदेखि दुनैसम्म यातायात सञ्चालन गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि सर्वसाधारण भित्ती–जुफालसम्मको जोखिमपूर्ण सडकबाट गाडीको यात्रा गर्न बाध्य भएको मोतीपुरका अमर कठायतको गुनासो छ ।

उक्त सडकबाट सवारी साधन सञ्चालन सहज र सुरक्षित भएपनि सडक अवरुद्ध भएका कारण भित्तीबाट जुफाल हुँदै पुनः मोतीपुर पुग्न बढी समय लाग्ने र साँघुरो बाटोका कारण जोखिमपूर्ण यात्रा गर्नूपर्ने बाध्यता भएको गाडी चालक सुशील कठायतको भनाइ छ ।

अवरुद्ध सडकका कारण डोल्पामा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्दै आएका घोडा तथा खच्चडको आवतजावतमा पनि समस्या भएको छ ।
झण्डै तीनसातादेखि अवरुद्ध सडक खुलाउन उक्त नगरपालिकाको ध्यान जान नसकेको सर्वसाधारण बताउँछन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !