१४ जेष्ठ २०८१, सोमबार

वार्मअप म्याचमा स्पेन विजयी, फ्रान्स र अमेरिका बराबरीमा


फुटबल

एजेन्सी, २७ जेठ  । रसियामा विश्वकप सुरु हुनु अघि भएको वार्मअप म्याचमा विश्वकपको उपाधि दाबेदार स्पेनले ट्युनिसियालाई १-० ले पराजित गरेको छ  । स्पेनका लागि इआगो आसपासले एक मात्र गोल गरे।

अर्को खेलमा फ्रान्स अमेरिकासँग १-१ गोलको बराबरीमा रोकिएको छ । जुलियन ग्रीनले गोल गर्दै अमेरिकालाई पहिले अग्रता दिलाएका थिए। तर केएलिन एमबापेले फ्रान्सका लागि बराबरी गोल फर्काए ।

यस्तै अलेक्जान्डर मिट्रोभिकको ह्याट्रिक मद्दतमा सर्बियाले वोलिभियालाई ५-१ ले पराजित गरेको छ। डेनमार्कले मेक्सिकोलाई २-० ले हराउँदा अष्ट्रेलियाले हंगेरीलाई २-१ ले पराजित गर्‍यो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !