२० बैशाख २०८१, बिहिबार

जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न जोड


Nepalpatra

१५ जेठ, काठमाडौँ । गणतन्त्र स्थापनाका लागि अमूल्य जीवन बलिदान गर्ने शहीदप्रति श्रद्घाञ्जलि व्यक्त गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी, बल्खु टेकुसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा गणतान्त्रिक शासन व्यवस्थाको मर्मअनुसार संविधान कार्यान्वयन गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिए ।

प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले सरकारले देशमा विकास र समृद्धि कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । अर्का प्रतिनिधिसभा सदस्य बिना श्रेष्ठले शहीदका सपनालाई साकार पार्न जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन र सामाजिक रुपान्तरण गर्न जरुरी रहेको बताउनुभयो ।

पार्टीका स्थानीय कमिटी नेता हरिकान्त पाठक, नकुल हमाल ठकुरीलगायतले तीनै तहका सरकारले जनताको नाममा शासन–सत्ता सञ्चालन गर्दा जनाधिकारलाई फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । एघारांैँ गणतन्त्र दिवसमा गरिएको उक्त कार्यक्रममा शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।

यसैबीच नेकपा (माले) का प्रवक्ता कुमार बेल्बासेले आज प्रेस विज्ञप्ति जारी गरी मुलुकको गणतान्त्रिक शासन व्यवस्थाले जनता र मुलुकलाई पूर्ण लोकतान्त्रिक अधिकारयुक्त बनाउन र समृद्घितर्फ अग्रसर गराउन सकोस् भन्ने कामना गर्नुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !