२१ बैशाख २०८१, शुक्रबार

महोत्तरीबाट १० जनाको कैदमाफी


nepal-republic-day-686x435

१५ जेठ, गौशाला  । गणतन्त्र दिवसको अवसरमा आज महोत्तरी जिल्ला कारागारबाट एक भारतीयसहित १० जना कैदीको कैद माफी गरिएको छ ।

कारागार कार्यालय महोत्तरी, जलेश्वरका जेलर शोभेन्द्र ठाकुरका अनुसार गणतन्त्र दिवसको अवसरमा आज यस कारागारबाट कर्तव्य ज्यान मुद्दाका सात, डाँका मुद्दाका दुई र कुटपिट अंगभंग मुद्दाका एक गरी जम्मा १० जना कैदीको कैद माफी गरिएको हो ।

मन्त्रिपरिषद्को जेठ १३ गतेको निर्णयानुसार ११ औँ गणतन्त्र दिवसको अवसर पारेर आज असल चालचलन भएका र कम्तीमा ४० प्रतिशत कैद भुक्तान गरिसकेका ८१६ कैदीलाई कारागार नियमावली २०२० को नियम २९ बमोजिम र ज्येष्ठ नागरिक ऐन २०६३ बमोजिम कैद माफी गरिएकोमा महोत्तरी कारागारबाट १० जना कैदीको कैद माफी भएको जेलर ठाकुरले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !