२३ बैशाख २०८१, आइतबार

उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण


Nepalpatra

१३ जेठ, ललितपुर । काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ ।

वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो । हावामा कुन–कुन ग्यासको मात्रा कति छ भनेर जान्नका लागि गत वर्ष रत्नपार्कमा उपकरण जडान गरिएको थियो । त्यसमा गाडीले फाल्ने धुवाँ बढी पाइएको हो । विभागका उप–महानिर्देशक सफला श्रेष्ठ भन्नुहुन्छ, “हामीले जडान गरिएको उपकरणले देखाएको नतिजा सार्वजनिक गरेका हौं ।”
उहाँका अनुसार यो नतिजाका आधारमा अब समाधान खोज्न लाग्नुपर्छ ।

फरक÷फरक संस्थाले वायु प्रदूषणमा कुन÷कुन क्षेत्रको योगदान के कति रह्यो भन्ने विषयमा फरक फरक आँकडा प्रस्तुत गर्दैआएका छन् । एकीकृत तथ्याँकका लागि इसिमोड संस्थासँगको सहकार्यमा विभागले उपकरण जडान गरेको हो ।

विभागले काठमाडौँं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा वायुको अवस्थाबारे जानकारी दिने उपकरण(वायु गुणस्तरमापन स्टेशन) बनाएको छ । यसले काठमाडाँै उपत्यका भन्दा लुम्बिनी क्षेत्रमा बढी वायु प्रदूषित भएको देखाएको छ । उपत्यका बाहिरका पोखरा, धुलिखेल, सौराहा भन्दा काठमाडाँैंको वायु बढी प्रदूषित छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !