४ जेष्ठ २०८१, शुक्रबार

चुरे विनाशबाट मरुभूमीकरणको खतरा : अध्यक्ष यादव


Upendra Yadav

११ जेठ, राजविराज ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको विकासप्रति राज्य अझै संवेदनशील नरहेको बताउनुभएको छ ।

सप्तरीको राजविराजमा बिहिबार पार्टी जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेशमा चुरे विनाशले मरुभूमीकरणको खतरा र बाढी समस्या आउने देखिए पनि सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभयो ।

बढ्दो चुरेको विनाश र नदी नियन्त्रणमा केन्द्र सरकारले नै ध्यान दिनु आवश्यक रहेको औँल्याउदै अध्यक्ष यादवले तराई–मधेश मरुभूमि भए देशले नै ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो । मधेशीलाई अझै पनि बराबरीको अधिकार प्राप्त नभएको बताउँदै उहाँले संविधान संशोधन गरी त्यसलाई सच्याउन माग गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !