१४ बैशाख २०८१, शुक्रबार

कामपाको खरिद र शिक्षा नियमावली राजपत्रमा सार्वजनिक


ktm-mahanagarpalika-620x330

३ जेठ, काठमाण्डौ । काठमाण्डौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक खरिद नियमावली, २०७४ र विद्यालय शिक्षा नियमावली, २०७४ राजपत्रमार्फत सार्वजनिक गर्नुभएको छ ।

कामपाले बुधबार आयोजना गरेको कार्यक्रममा सार्वजनिक खरिद ऐन, २०६३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधान र व्यवस्थामा प्रतिकूल नहुने गरी स्थानीय सरकारले प्राप्त गरेको अधिकारको प्रयोग गरेर यी नियमावलीहरु प्रमुख शाक्यले सार्वजनिक गर्नुभएको हो ।

प्रमुख शाक्यले काठमाण्डौका नागरिकले अपेक्षा गरेको विकास पद्धति र सहभागितामूलक विकासबाट समृद्धि प्राप्त गर्न नियमावलीहरु आधार हुने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ज ले दिएको आधारभूत तथा माध्यमिक शिक्षासम्बन्धी काम, कर्तव्य र अधिकारलाई व्यवस्थापन गर्न नियमावली जारी गरिएको हो ।

यस नियमावलीमा विद्यालय खोल्न अनुमति लिनेदेखि विद्यालय गाभ्नेसम्म तथा विद्यालयको सम्पत्ति व्यवस्थापन, तह वा कक्ष घटाउने बढाउने र विद्यालयले पालना गर्नुपर्ने शर्त बन्देजहरु समेटिएका छन् ।

त्यस्तै शिक्षा समितिको गठन, काम, कर्तव्य र अधिकार, पाठ्यक्रम तथा परीक्षा सञ्चालन समन्वय, छात्रवृत्ति र निःशुल्क शिक्षासम्बन्धी व्यवस्था, शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा, पूर्व तयारी कक्षा तथा कोचिङ कक्षा सञ्चालन गर्न महानगरबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

आफू मातहतमा सञ्चालन भएका शैक्षिक कार्यक्रमको शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण गर्ने काम, अतिरिक्त क्रियाकलापहरु, विद्यालयको चिह्न, नामकरण, विद्यार्थीको पोशाक, एक स्थानीय तहबाट अर्को स्थानीय तहमा शिक्षक सरुवा सहमतिजस्ता व्यवस्था नियमावलीमा गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु