२० बैशाख २०८१, बिहिबार

भारतका प्रधानमन्त्री मोदी काठमाण्डौमा, परराष्ट्रमन्त्री ज्ञवालीको स्वागत


Narendra Modi

२८ वैशाख, काठमाण्डौ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाण्डौ आइपुग्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँलाई स्वागत गर्नुभयो ।

काठमाण्डौमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकाले उहाँलाई नागरिक अभिनन्दन गर्नेछ ।

भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विशेष विमानबाट धनुषाको जनकपुरका कार्यक्रम सकेर पूर्व निर्धारित समयभन्दा करीब दुई घण्टापछि काठमाण्डौ आइपुग्नुभएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !