२२ बैशाख २०८१, शनिबार

व्यवसाय दर्ताका लागि घुम्ती शिविर परिचालन


Nepalpatra

२८ वैशाख, पर्वत ।  जलजला गाउँपालिका– ३ बेनीमा बिहीबारदेखि व्यवसाय दर्ताका लागि घुम्ती शिविर शुरु भएको छ ।

उद्योग व्यवसायलाई करको दायरामा ल्याउन गाउँपालिकाले घुम्ती टोली परिचालन गरेर स्थानीयस्तरमै व्यवसाय दर्ता गराएको हो । घुम्ती टोलीमार्फत पहिलो दिन २८ जना भन्दा बढी व्यवसायीले गाउँपालिकामा व्यवसाय दर्ता गराएका ३ नं वडाका वडाध्यक्ष रवि भण्डारीले जानकारी दिनुभयो । शुक्रबार पनि व्यवसाय दर्ता जारी रहनेछ ।

गाउँपालिकाका क्षेत्रमा सञ्चालित उद्योग, पसल, फर्म र व्यवसायलाई स्थानीय तहको मातहत ल्याउन यसअघि ९ नं वडा बनौमा घुम्ती व्यवसाय दर्ता शिविर सञ्चालन गरिएको थियो ।दर्ता नगरी सञ्चालन हुँदै आएका पसल, व्यवसाय, उद्योगलाई व्यवस्थित, नियमन र करको दायरामा ल्याउन लागिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । नियमनकारी निकायको पहुँचको कमी तथा व्यवसायीको बेवास्ताका कारण ग्रामीण क्षेत्रका अधिकांश पसल र व्यवसाय दर्ताबिना सञ्चालन हुँदै आएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !