४ जेष्ठ २०८१, शुक्रबार

सेवा विस्तारमा आक्रामक नभएको भन्दै टेलिकमकी एमडीसँग प्रधानमन्त्री असन्तुष्ट


Kamini-rajbhandari-9

२५ वैशाख, काठमाण्डौ । दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका छन् । नेपाल टेलिकम फोर जी सेवा लगायत अन्य सेवा विस्तारमा आक्रामक रुपमा प्रस्तुत नभएपछि प्रधानमन्त्री असन्तुष्ट बनेका हुन् । केही दिन अघि प्रधानमन्त्री केपि ओलीले टेलिकमकी एमडी कामिनी राजभण्डारीलाई बोलाएर ‘सन्तोषजनक’ काम नगरेको भन्दै रेष प्रकट गरेका थिए ।

फोरजी बिस्तारमा अनावश्यक ढिलाइ गरेको तथा अन्य नगरी नहुने काम पनि  अघि बढ्न नसकेमा प्रधानमन्त्रीको असन्तुष्ट बनेको बताइएको छ ।

उता दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन गर्ने संस्था नेपाल दुरसञ्चार प्राधिकरणप्रति पनि प्रधानमन्त्री असन्तुष्ट बनेका छन् । केही दिन अघिमात्र प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई प्रधानमन्त्रीले काम गर्न रोक लगाएका थिए । प्रधानमन्त्री ओली राजभण्डारी र झालाई वर्खास्त गरेर नयाँ नियुक्ति गर्ने योजनामा रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !