२० बैशाख २०८१, बिहिबार

सरकार टिकाउन आत्मसमर्पण नगर्नुस् : कमल थापा


२० वैशाख, काठमाण्डौ । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता टिकाउनका लागि आत्मसमर्पणको बाटोमा लागेको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रबादको नारा र अडानमा चुनावमा धेरै भोट पाएको तर अहिले सत्ता टिकाउन आत्मसमर्पणको बाटोमा अग्रसर भएको थापाले आरोप लगाउनुभएको हो ।

अहिले यसको संकेत मिल्न थालेको भन्दै अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै यो दूर्भाग्यपूर्ण हुने दावी पनि गर्नुभएको छ ।
Kamal thapa


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !