२३ बैशाख २०८१, आइतबार

एकतामा आशंका नगर्न बिडारीको आग्रह


Ram Narayan Bidari

१९ वैशाख काठमाण्डौ ।  नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले समाजवादउन्मुख संविधानलाई कार्यान्वयन गर्दै मुलुकको आर्थिक समृद्धिका लागि वर्तमान सरकारले काम गर्नुपर्ने र समाजवादको आधार तय गर्न पार्टी एकीकरण हुन लागेको बताए ।

उनले एमाले–माओवादी केन्द्रबीच एकता हुने बताउँदै यसप्रति आशंका नगर्न आग्रह गरे । उनले भने,‘एकता रफ्तारमा छ, हामीबीच छिट्टै एकता हुन्छ।’

एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गम्भिर छलफल चलिरहेको विडारीको भनाई थियो । आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले भनेजस्तै अचानक नै पार्टी एकता हुने उनको भनाई थियो ।

उनले भने,‘वाम गठबन्धन घोषणा गर्दा जसरी हामीले ताजुक खुवाएका थियौं, त्यसैगरि एकता गरेर ताजुक खुवाउँछौं।’ उनले यही बैशाखभित्रै दुई पार्टीबीच एकता हुने विश्वास दिलाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !