४ जेष्ठ २०८१, शुक्रबार

मोदीको ‘नागरिक अभिनन्दन’मा प्रधानमन्त्री ओली पनि जनकपुर जाने


धनुषा, १८ वैशाख  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा गरिने ‘नागरिक अभिनन्दन’ मा प्रधानमन्त्री केपी शर्मा ओलीपनि सहभागी हुनुहुने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले जनकपुरमा पत्रकार सम्मेलन गरी मोदीको अभिनन्दनका बेला प्रधानमन्त्री ओलीपनि जनपुर पुग्ने जानकारी दिनुभएको हो । भारतीय प्रधानमन्त्री मोदीले पूजाआजा गर्ने जानकी मन्दिर र अभिनन्दन गरिने बाह्रबिगाहा मैदानको स्थलगत निरीक्षणका लागि गृहमन्त्री थापा जनकपुर पुग्नुभएको हो ।

पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने दाबी गर्दै भ्रमणमा राजनीतिक सम्झौता नहुने बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाको राष्ट्रको जिम्मा भएकाले सुरक्षाको उच्च व्यवस्था गरिने पनि उहाँले बताउनुभयो । भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने दाबी पनि उहाँले गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !