२४ बैशाख २०८१, सोमबार

माइभ्याली गोल्डकप : सशस्त्र प्रहरी सेमिफाइलनमा प्रवेश


Goldcup

१२ वैशाख, इलाम ।  इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपमा सशस्त्र प्रहरी बल काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको टुँडिखेल मैदानमा जारी प्रतियोगितामा रमपम झापा ११ लाई २–१ गोल अन्तरले पछि पार्दै सशस्त्र प्रहरी बल काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको हो । मंगलबार भएको प्रतियोगिताको खेलमा झापा ११ लाई एक गोलले पछि पार्दै सशस्त्र प्रहरी बल सेमिफाइलनमा प्रवेश गरेको छ ।

एपिएफका तर्फबाट मध्यान्तर पछिको ५४ औं मिनटमा नबिन लामाले गोल गरेका थिए भने त्यस लगत्तै ५६ औँ मिनेटमा झापा ११ का भूषण सुब्बाले १ गोल गरेर खेललाई अझ रोमाञ्चित बनाएका थिए ।

यस्तै खेलको ६५ औँ मिनेटमा सशस्त्रका युवराज खड्काले एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको म्यान अफ दि म्याच एपीएफका नविन लामा घोषित भएका छन् । उनले नगद दश हजार र चादीको मेडल प्राप्त गरेका छन् ।

माइभ्याली फुटबल क्लबको आयोजनामा भएको यस संस्करणका खेलमा विभागीय टिम एपीएफ कावरान प्रगति सघं बंगलादेशलाई पछि पार्दै क्वार्टरफाइनलमा पुगेको हो, भने झापा ११ बाइमा पर्दै क्वार्टरफाइनलको प्रवेश पाएको थियो ।

बुधबार वैशाख १२ गते सिक्किम युनाइटेड फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक माइभ्याली क्लबले जनाएको छ । माइभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले ६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिताको फाइनल वैशाख १७ गते हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !