४ जेष्ठ २०८१, शुक्रबार

नेप्से दोहोरो अंकले घट्यो, कारोबारमा पनि पहिरो


Bearish Market

११ वैशाख, काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ भने कारोबार रकम समेत ह्वात्तै घटेको छ । बजार घट्दा तुलनात्मक रुपमा सेयरमूल्य कम भएका कम्पनीहरु लगानीकर्ताको छनौटमा देखिएका छन् ।

मंगलबार बजार खुलेदेखिनै नागवेली चालमा उतारचढाबपूर्ण रहेको नेप्से अन्तत झण्डै १६ अंकले घटेर बन्द भएको छ । यसदिन नेप्से १३९४.८६ अंकमा झरेको छ ।

व्यापार बाहेक सबै समूहका सूचक घटेपछि समग्र बजार ओरालो लागेको हो ।

यसदिन १७० कम्पनीको झण्डै ७४ करोड बराबरको सेयर किनबेच भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७७ करोड कम हो ।

धेरै कारोबार गर्ने कम्पनी 
यो दिन बजारमा १ सय ७० कम्पनीका १७ लाख  १९ हजार ८ सय कित्ता सेयर ७३ करोड ९२ लाख २२ हजार ५९ रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा बढी सेञ्चुरी कमिर्सयल बैंकले कारोबार गरेको  बजारमा नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ६३ लाख, नेपाल बैंकले २ करोड ४३ लाख बढीको कारोबार गरे  । राष्टिय बिमा कम्पनीको २ करोड ३७ लाख बढीको साधारण सेयर तथा २ करोड २९ लाख बढीको संस्थापक सेयर समेत कारोबार भएको बजारमा स्वालम्बन लघुवित्त वित्तीय संस्थाले २ करोड २९ लाख, सानिमा  हाइड्रोले २ करोड २३ लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड ९२ लाख, फरवार्ड माइक्रोफाइनान्सले १ करोड ८४ लाख र चिलिमे हाइड्रोले १ करोड ७२ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ । यो कम्पनीको सेयरमूल्य ६.५३ प्रतिशतले वृद्धि भयो । एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ६ प्रतिशतले बढ्यो भने यूनाइटेड मोदी हाइड्रोपावरको मूल्य ३.२४ प्रतिशते बढ्यो ।

यो दिन सांग्रला डेभलपमेन्ट बैंक लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ५.३६ प्रतिशतले घट्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !