४ जेष्ठ २०८१, शुक्रबार

देउवाले गति छाडे, जे पनि बोल्न थालेका छन् : प्रम अाेली


१० वैशाख, काठमाण्डाै ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जे पनि बोल्न थालेको आरोप लगाउनुभएको छ ।

लेनिन जयन्तीका अवसरमा एमाले र माओवादीले काठमाण्डौमा गरेको संयुक्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले हिजोआज जे पनि बोल्दै हिँड्न थालेको आरोप लगाउनुभएको छ ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै ओली सरकार अधिनायकवादी बाटोतर्फ लागेको र उनीविरुद्ध पत्रपत्रिकाले पनि लेख्न डराएको आरोप लगाउनुभएको थियो । तर आइतबार ओलीले देउवाको भनाइप्रति लक्षित गर्दै सरकारले नागरिकको हितमा काम गर्न थालेको देख्न नसकेर देउवा छटपटिएको आरोप लगाउनुभयो ।

‘सरकारले गर्न थालेका जनहितका काममा अन्योल खडा गर्न सरकार अधिनायकवादतर्फ जाँदैछ भन्ने सुनेँ मैले, एउटा पार्टीका नेताले भनेको कुरा मैले सुनेको छु, यो साँचो हो या होइन मलाई थाहा छैन, तर अधिनायकवाद सुरु भैसक्यो भनेर उहाँले भन्नुभएछ, प्रधानमन्त्रीका विरुद्ध त मिडिया लेख्न पनि डराउँछ बोल्दै बोल्दैन रे , पत्याउनुहुन्छ तपाइँहरु ? फेरि भन्न कसरी सक्या भन्या, नेपालका पत्रकारलाई यत्रो अपमान गर्न आँट कसरी आयो होला ? प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर मान्छेले गति नै छाडेपछि कस्को के लाग्छ र जे बोले पनि हुन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !