१४ बैशाख २०८१, शुक्रबार

संविधान संशोधन बिना मधेशलाई अधिकार सम्पन्न बनाउन नसकिने : मन्त्री साह


३ वैशाख, सप्तरी । प्रदेश नम्बर – २ का भूमी, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले  संविधान संशोधन भएसँगै मधेशको विकासले गती लिने विश्वास व्यक्त गरेका छन् ।

राजबिराज नगरपालिका – २ मा रहेको मदरसा फैजाने मदिना अहमदपुरद्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री साहले भने मधेशलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन अपरिहार्य रहेकाले केही दिनमा संविधान संशोधन हुने बताउनु भएको छ  ।

उहाँले भन्नुभयो ‘मधेशमा कृषि, शिक्षा, स्वास्थ, सिँचाई को विकासमा अरू प्रदेश भन्दा पछाडि परेकोले प्रदेशको विकासका लागि सरकार प्रतिबद्ध रहेको छ ।’

संघीय समाजवादी फोरमका नेतासमेत रहेका मन्त्री साहले मधेशमा विकासको लहर ल्याउन केही दिनमै प्रदेशको कानुन निर्माण भई अधिकार सम्पन्न प्रदेश निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मदरसा फैजाने मदिना अहमदपुरका अध्यक्ष लाल महमदको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा मन्त्री शैलेन्द्र साह, सांसद मनिष सुमन, नगर प्रमुख शम्भुप्रसाद यादवले भलुवाही बस्तीको अनुगमन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !