४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा त्रि–दिवसीय साधनाको उद्घाटन


/fi6«klt ljBfb]jL e08f/Ln] dWok’/lyld gu/kflnsf l:yt Zofdf Zofdf wfddf cfof]hgf ePsf] lq–lbj;Lo ;fwgf Pj+ /fli6«o ;fws e]nfsf] cfh pb3f6g ug'{x’b} . tl:j/ M /d]z lu/L, eQmk’/, /f;;

१ वैशाख, भक्तपुर ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यपुरथिमी नगरपालिकामा रहेको श्यामाश्यामा धाममा आयोजना गरिएको त्रि–दिवसीय साधना एवं राष्ट्रिय साधक भेलाको शनिबार उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा उहाँले राधा कृष्ण मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले धामका विभिन्न धार्मिक संरचना र धामले तयार पारेको वृत्तचित्र अवलोकन गर्नुभएको थियो ।

कार्यक्रममा संगीता दिदीले धामको अवस्था र साधनाको महत्व माथि प्रकाश पार्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, धामका स्वामी हरिदास, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, ३ नम्बर प्रदेशसभा सदस्य शशीजंग थापा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले स्वागत गर्नुभएको थियो ।

तीन दिनसम्म चल्ने साधना एवं भेलामा देशभरबाट साधक तथा साधिकाको उपस्थिति रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !