२० बैशाख २०८१, बिहिबार

मेलम्ची खानेपानी सुरुङको खन्ने काम सकिएको औपचारिक घोषणा


Bina Magar

२९ चैत, काठमाण्डौ ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य काम सकिएको औपचारिक घोषणा गरिएको छ । सिन्धु र ग्याल्थुम खण्डको मिलन बिन्दुमा बिहान खानेपानी मन्त्री विना मगरले औपचारिक रुपमा सुरुङ खन्ने मुख्य काम सकिएको जानकारी गराउनुभएको हो ।

सुरुङ खन्ने मुख्य काम मंगलबार नै सकिएको भए पनि बिहीबार औपचारिक घोषणा गरिएको हो । सिन्धुपाल्चोकको अम्बाथानेदेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २७ किलोमिटर सुरुङको ब्रेक थ्रु भएको हो । आउँदो दसैंअघि नै काठमाडौंमा मेलम्चीको खानेपानी ल्याउने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजनाले दावी गर्दै आएको छ ।

अब सुरुङ सफा गर्ने, पानी प्रशोधन गर्ने र पाइप विच्छ्याउने काम तीव्र बनाएर ढिलोमा दसैंसम्म काठमाडौंमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !