५ जेष्ठ २०८१, शनिबार

आठौं राष्ट्रिय खेलकुद मङ्सिर तेस्रो साताबाट हुने


Press Meet

२९ चैत, काठमाण्डौ ।  आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंसिरको २१ देखि २८ गतेसम्म हुने भएको छ ।

आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चलमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिरमा गर्ने निर्णय गरेको छ ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सातदोबाटोमा बसेको बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

आठौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भैसकेको छ  । यसअघि सातौं राष्ट्रिय खेलकुद पूर्वान्चलमा भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !