१४ जेष्ठ २०८१, सोमबार

घाईतेको उपचार खर्च नव्यहोरे आन्दोलन गर्ने पीडित परिवारको चेतावनी


news28

२८ चैत, काठमाण्डौ । महानगरीय प्रहरी वृत्त कमलपोखरीको बा.१ झ ७३२२ नम्बरको गस्ति भ्यानको ठक्करबाट गम्भिर गाईते भएकी २० वर्षीया रोशना रामुदामुको परिवारले घाईतेको उपचार खर्च नव्यहोरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर उपचारमा लागेको करिब १२ लाखसहित थापाथलीस्थित् नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारत रामुदामुको भविष्य सुनिश्चित हुनेगरि कानूनी तवरबाट उपचार गर्न माग गरेको हो ।

रोशनाका काका सुवेन्द्र रामुदामुले प्रहरी प्रसाशनले घाईतेको उपचारमा लागेको खर्च व्यहोर्न सक्दैनौ भन्नु कानूनको उल्लंघन गर्नुसरह भएको बताए ।

उनले भने,‘२० वर्षीया कलिलो छोरीले जीवन आधा बनाउनु परेको छ, पहिले जस्तो बोल्न सक्दैनन्, पहिलेकोजस्तो लय छैन्, अरुको साहारामा हिड्न थालेकी छिन्, जनताको सुरक्षाको लागि खटिएका प्रहरीबाट दुर्घटना हुन्छ र प्रहरी प्रसाशनले नै उपचार खर्च तिर्न सक्दैनौं भन्छ, यो भन्दा अरु लाजमर्दो कुरा के हुन सक्छ ?’

उनले अघि थपे,‘अस्पतालमा उपचार गरिहरहेकी हाम्री छोरीले पीडकलाई कारबाही होस् भनिरहेकी छिन्, आफूलाईजस्तै अरुलाई कसैलाई पनि अन्याय र दुःख भोग्न नपरोस्, अब हामी के गर्न सक्ने भनेको कानूनको साहारा लिने हो, यदि अधिकार प्राप्त नभएको खण्डमा हामीले जुनसुकै आन्दोलन गर्न बाध्य हुनेछाँै।’

सवेन्द्र रामुखामुले महानगरिय प्रहरी वृत्त कमलपोखरीको लापरवाही र अलमलमा पारेर पीडितलाई न्याय नदिने खेललाई अदालत लैजानको लागि पहल भईसकेको जानकारी दिएका छन् ।

उनले भने,‘उपचारको २९ औं दिनमा अस्पतालले प्रहरीको भ्यानले ठक्कर दिएको थाहा पायो, त्यसपछि मात्रै हामीले कानूनी प्रक्रियामा जाने निर्णय गर्यौ, धन्नै ३५ दिन कटेको भए उक्त घट्नाको बारेमा कुनैपनि कानून नलाग्ने स्थिति थियो, तर हामी अदालती प्रक्रियासँगै कानूनी उपचार खोज्न पुगेका छौँ।’

उनले अघि थपे,‘उक्त दुर्घट्नामा क्षतिग्रस्त बाईकको कुनै प्रक्रिया अघि बढेको छैन्, दुर्घट्ना गराउने चालक र सवारीसाधनले नै सम्पूर्ण क्षति व्यहोर्नुपर्ने हो, प्रहरी जवानले क्षतिपूर्ति तिर्न नसक्ने बताएको प्रहरी नायव निरिक्षक कुलदीप चन्दले हामीसँग भनेका छन्, बिमा वापतको तीन÷चार लाख रुपैयाँ दिन सक्ने चन्दले बताएका छन्, तर अस्पतालमा करिब १२ लाख उपचार खर्च लागेको छ, छोरीको रिफर गर्ने बेलामा हामीले कसरी त्यत्रो पैसा तिर्ने ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !