४ जेष्ठ २०८१, शुक्रबार

माथिल्लो तामाकोशीको स्थलगत अवलोकनमा प्रधानमन्त्री


२८ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनले निर्माणाधिन जलविद्युत् आयोजना माथिल्लो तामाकोशीको स्थलगत अवलोकन गर्ने भएका छन् । स्थलगत अवलोकनका लागि केहिबरेमा नै प्रधानमन्त्री र उर्जामन्त्री त्यसतर्फ प्रस्थान गर्ने बुझिएको छ ।

भारतीय कम्पनीको ढिलासुस्तीका कारण निर्माण कार्य सुस्त भएको गुनासो बढेपछि प्रधानमन्त्री सहितको टोलि अवलोकनमा निस्किन लागेको हो। प्रधानमन्त्री र उर्जामन्त्रीसँगै चिनियाँ राजदूत यू होङ लगायत सरकारी प्रतिनिधि टोली स्थलगत अध्ययनका लागि जान लागेको हो ।

हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले काममा गरेको ढिलाईका कारण आयोजना समयमै पूरा नहुने र लागत बढ्ने देखिएपछि प्रधानमन्त्री आफैंले निरिक्षण गर्न लागेको प्रधानमन्त्री निकट श्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !