१४ जेष्ठ २०८१, सोमबार

आज नेपाल लाईफ इन्स्योरेन्सको १८ औं साधारणसभा


NLIC

२८ चैत, काठमाण्डौ । नेपाल लाईफ इन्स्योरेन्स (Nepal Life Insurance Co. Ltd.) को १८ औं साधारणसभा आज बस्दैछ । साधारणसभामा गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश दिने प्रस्ताव छलफलका लागि पेश गरिएको छ ।

कम्पनीको सञ्चालक समितिले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ४२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले चुक्ता पूँजीको ४२ प्रतिशतले हुन आउने १ अर्ब ३० करोड ५ लाख २२ रुपैयाँको बोनस शेयर र प्रतिकित्ता २८ रुपैयाँ ५३ पैसाकाका दरले ८८ करोड ३२ लाख ९७ हजार ७ रुपैयाँ नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा २७ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ ।३ अर्ब ९ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बीमाले जगेडा तथा कोषमा ११३५ प्रतिशतले वृद्धि गरी ५ अर्ब २ करोेड ९४ लाख रुपैयाँ र जीवन विमा कोषमा ४५ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानीमा ७६ दशमलव १४ प्रतिशतले बढेर ५१ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने खर्चमा ६८ दशमलव ९९ प्रतिशतले बढेर २३ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

यस अबधिमा कम्पनीले बीमा शुल्क (खुद) ७ अर्ब १४ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले यस अबधिमा २ अर्ब २५ करोड ६४ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको हो । कम्पनीले यस अबधिमा १० लाख ८० हजार २ सय ६६ वटा (संख्या) बीमालेख जारी गरेको छ भने १८ हजार ३ सय ६८ वटा (संख्या) भुक्तानी दाबी गरेको छ ।

कम्पनीको कुल बीमा शुल्क हाल सम्म ५९ अर्ब ६० करोड २१ लाख रुपैयाँ रहेको छ भने कुल दाबी भुक्तानी २ अर्ब ३५ करोड २४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १८ दशमलब ०६ रुपैयाँ, पि ई अनुपात ९८ दशमलब ८७ गुणा, प्रति शेयर नेटवर्थ २ सय ७२ दशमलब ९३ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य १ हजार ७ सय ४७ रुपैयाँ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !