४ जेष्ठ २०८१, शुक्रबार

नेपाली रेडियो नेटवर्कद्धारा बानका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान


Waan

२६ चैत, काठमाण्डौ । नेपाली रेडियो नेटवर्क (एनआरएन) ले व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकाष्टीङ एशोसिएसन अफ नेपाल (बान)को महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा सम्मान व्यक्त गरेको गरेको छ ।

रिर्पोटस क्लब नेपालमा आयोजना गरिएको बधाई तथा सम्मान कार्यक्रममा महाधिवेसनबाट निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई क्लबका अध्यक्ष तथा नेपाली रेडियो नेटवर्कका अध्यक्ष पत्रकार ऋषि धमलाले बधाई तथा सम्मान गरेका हुन् ।

सम्मान गर्दै अध्यक्ष धमलाले रेडियो सूचनाको भरपर्दो सारथी बनेको बताए । उनले भने,‘०६२÷६३ को जनआन्दोलनपछि जनतमा रेडियोको प्रभाव ह्वात्तै बढेको छ, अहिलेसम्म जनताले धेरै रेडियो नै सुन्ने गरेका छन्, सूचनाको पहुँचको लागि रेडियो साँच्चिकै लोकिप्रय बनेको छ ।’

धमलाले मुलुक संघीय संरचनामा गएसँगै रेडियोको अधिकारी कटौति गर्ने कुरा बाहिर आएको सुनाउँदै उनले आफूहरुलाई अधिकार कटौती गर्ने कुरा मान्य नहुने बताए ।

उनले जनआन्दोलनदेखि पहिलो संविधानसभाहुँदै संविधान जारी गर्दासम्म रेडियोहरुको भूमिका महत्वपूर्ण रहेको बताए । बानले अहिले सक्षम र योग्य टिम पाएको भन्दै सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा रेडियोका समाचार प्रमुख जीवन भण्डारी र प्रबन्ध निर्देशक अमृत अधिकारीले पनि नवनिर्वाचितहरुलाई बधाई दिँदै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाएका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद न्यौपानेले बानलाई संघियतामा स्थापित् गर्दै आगामी दिनमा व्यवसायिक रेडियोहरुको हितमा काम गर्ने बताएका छन् ।

रेडियोहरुका केही मुद्धाहरुमा सरकारले अझैपनि चासो नदेखाएको बताएका छन् । उनले भने,‘१÷२ बर्षदेखि बिचमा सञ्चार मन्त्रालयमा अड्किएर रहेका छन्, रेडियोलाई भेदभाव गरेर उद्योगसरह अरुले पाउने सेवासुबिधा छ, त्यो सम्मान दिएको छ, यस कुरालाई पहिलो प्राथमिकतामा हल गरिनेछ ।
उनले मन्त्रालयले रेडियोको लाइसेन्स बिनाकारण नबिकरण नगरेको भन्दै यस बिषयमा पनि आफुले छलफल गर्ने बताए ।

उनले भने,‘सबै रेडियोहरु पैसा बुझाएका छन्, आजसम्म सञ्चार मन्त्रालयले बिनाकारण लाइसेन्स रोकेर राखेको छ, सबै कानुनी प्रकृयाहरु पुरा गरिएका भएपनि राज्यपक्षबाटै व्यवसायीक रेडियोहरुलाई भेदभाव भएको छ ।’

कार्यक्रममा अध्यक्ष न्यौपानेसहित बरिष्ठ उपाध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष उज्जवल चौलागाई, महासचिव दुर्गा अधिकारी, उप–महासचिव गोविन्दराज रोस्यारा, सचिव राजकुमार थापा, कोषाध्यक्ष नविन राई, सदस्यहरु उषाकिरण पन्त, सन्तोष दउजा, सुशान्त रिजाल, हरि जोशी, हिरा भट्टराई, राज विक्रम शाह, मुना गुरुङलाई सम्मान गरिएको थियो ।

त्यस्तै प्रदेश संयोजकहरु डा. सन्देशदास श्रेष्ठ, आरसी यादव, विपिन ढुंगाना, किरण लोहनी, माधव नेपाल, ज्ञानेन्द्रसिंह महतलाई पनि सम्मान गरिएको थियो । र, त्यस्तै आमन्त्रित सदस्यहरु हिमाल राई, रेनु पराजुली र किरणप्रसाद पाण्डेलाईे पनि सम्मान गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !