१० जेष्ठ २०८१, बिहिबार

सप्तरीको फर्निचर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति


आगलागी

२६ चैत, राजविराज । सप्तरीको फर्निचर उद्योगमा आइतबार राति आगलागी हुँदा रु २० लाख मूल्य बराबरको क्षति भएको छ ।

बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् (सर्ट) चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीवाट फर्निचर उद्योगमा रहेको टेबुल, कुर्सी, दराज, पलङ लगायतका समान जलेर नष्ट भएको पीडित शर्माले बताए ।

आगलागीवाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, सुन, चाँदी, गरगहना र नगदसहित रु २० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !