१४ बैशाख २०८१, शुक्रबार

घुस लिने दुईजना इन्जिनियर अख्तियारको फन्दामा


२६ चैत, कास्की । एक लाख रुपैयाँ घुससहित जिल्ला शिक्षा कार्यालय कास्कीका २ जना कर्मचारी पक्राउ परेका छन् ।

जिल्ला शिक्षा कार्यालय कास्कीमा करारमा काम गर्ने इन्जिनियर छविन्द्रविक्रम खाँण र सव इन्जिनियर प्रदिपकुमार बानियाँ २ वटा विद्यालय निर्माण सम्पन्नको बिल भुक्तानी लिने क्रममा १ लाख रुपैयाँ लिदै गर्दा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।

मादीको प्रभात आधारभूत विद्यालय र श्री नारायण आधारभूत विद्यालयको भवन निर्माण सकिएपछि अन्तिम बिल भुक्तानी लिने क्रममा चिप्लेढुंगाको एक होटलमा सेवाग्राहीसँग घुस लिइरहेको बेलामा इन्जिनियर छविन्द्रविक्रम खाँण र सव इन्जिनियर प्रदिपकुमार बानियाँ पक्राउ परेको र उनीहरुमाथी अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !