२३ बैशाख २०८१, आइतबार

पाँचथर गोल्डकप : उद्घाटनमा आयोजक पाँचथर क्लब र मिसन युनाइटेड ताप्लेजुङ भिड्दै


फुटबल

२५ चैत, पाँचथर । पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सँस्करण आइतबारदेखि सुरु हुँदैछ । स्थानीय फिदिम माविको खेल मैदानमा हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र मिसन युनाइटेड ताप्लेजुङ खेल्दैछन् ।

दुई ए डिभिजन क्लबसहित आठ टिमको सहभागिता रहेको प्रतियोगितामा जावलाखेल युथ क्लब ललितपुर, विजय युथ क्लब हेटौंडा, मोरङ – ११, सुनसरी – ११, बिर्ता युनाइटेड झापा, रेडहर्ष इलाम, मिसन युनाइटेड ताप्लेजुङ र आयोजक पाँचथर क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले नगद ३ लाख ५ हजार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले १ लाख ५५ हजार पाउने आयोजक पाँचथर क्लबका अध्यक्ष अनुराग मगरले बताउनुभयो  । प्रतियोगिताको फाइनल खेल वैशाख २ गते हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !