१० जेष्ठ २०८१, बिहिबार

कागज कारखानामा आगलागी, १८ लाखको क्षति


आगलागी

२१ चैत, चितवन । चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ ।

भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब १८ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीय हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करीब ३ः२५ बजे आगो सल्किएको थियो । दमकलको सहयोगमा स्थानीय बासिन्दा र प्रहरीले बिहान ५ बजे आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबारे प्रहरीबाट अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !