२१ बैशाख २०८१, शुक्रबार

ताजा अपडेट : आगलागी नियन्त्रणमा, ३५ लाख बढीको क्षति


आगलागी

१८ चैत, सुनसरी । सुनसरीको कोसी गाउँपालिका-६ स्थित श्रीपुरमा आइतबार मध्यान्ह साढे १२ बजेदेखि लागेको आगो दिउँसो २ बजे नियन्त्रणमा आएको छ ।

आगलागीमा १५ परिवारका २० भन्दा बढी घर जलेर नष्ट भएका छन् । भारतीय र सुनसरीको इनरुवा र इटहरीको दमकलको सहयोगमा स्थानीयले डेढ घण्टामा आगो नियन्त्रणमा लिएका हुन् ।

आगलागीले ३५ लाख बढी क्षतिको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए । गहुँ थ्रेसर गर्ने क्रममा आगलागी सुरु भएको बताइएको छ ।

आगलागीमा थ्रेसर बोक्ने ट्याक्टर चालक मनोज साह घाइते भएका छन् । आगलागीवाट मानवीय क्षति नभए पनि अन्नपात लत्ताकपडा सवै जलेका कारण पीडितको विचल्ली भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !