४ जेष्ठ २०८१, शुक्रबार

आज नेप्से र कारोबार दुवैमा गिरावट


bearish-market

१८ चैत, काठमाण्डौ । गत साताको विहिबार नेप्से परिसूचक १५ दशमलव ८ अंकले घटेको बजार आज साताको पहिलो दिन भने २४ दशमलव ०५ अंकको गिरावटआई १ हजार १ सय ९६ दशमलव २४ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज बजार खुलेर १ हजार २ सय २२ दशमलव ६३ को उच्च बिन्दु बनाएको नेप्से घटेर बन्द भएको छ ।

आज १५७ वटा कम्पनीका ७ हजार ७४ कारोवार हुदाँ ३१ करोड २३ लाख ९४ हजार ३ सय ७९ रुपैयाँको बराबारका १२ लाख ८३ हजार १३ कित्ता किनबेच भएको छ ।

आज तीन प्रतिशत भन्दा बढीले कमाउने तिनाउ विकास बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था र नेपाल हाइडो डेभलपमेन्टको रहेको छ भने पाँच प्रतिशत भन्दा बढीले गुमाउने ८ वटा कम्पनीहरु रहेको छन् ।

आज उपपरिसूचकहरु सबै रातामै भएको छ । सबैभन्दाबढी बीमा कम्पानीहरुको शेयर १४८ दशमलव ७७ अंकले घटेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !