२२ बैशाख २०८१, शनिबार

जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने सरकारको तयारी


Raghubir-mahaseth

१८ चैत, काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर चुरोट कारखाना पुनःसञ्चालनको वातावरण निर्माणमा सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन । धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा शनिबार आयोजित स्वागत सम्मान समारोहमा उनले सो आग्रह गरेका हुन ।

प्रदेश सरकारले कारखाना परिसरमा सञ्चालन गरिहेका कार्यालय र आवासलाई कारखानाभन्दा अन्यत्र व्यवस्थापन गर्न आग्रह गर्दै उनले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्न सरकारले गृहकार्य गरिहेको छ भने ।

मन्त्री महासेठले जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीमा सूचीकृत गराउने कार्य अन्तिम चरणमा पुगिसकेको बताउँदै जमुनीवास–बटेश्वर हुँदै कुर्थासम्म सडक निर्माणका लागि लागत खर्च र नापीको काम भइरहेको जानकारी दिए ।

उनले मिथिला नगरपालिकामा सडक, पुलपुलेसा निर्माणबारे विज्ञबाट स्थलगत सर्वेक्षण कार्य सम्पन्न भएको र लालगढ–सिन्धुली सडक निर्माण कार्य अगाडि बढाउने तयारी भइरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !