४ जेष्ठ २०८१, शुक्रबार

अस्थायी शिक्षकको परीक्षा स्थगित


१६ चैत, काठमाण्डाै । आउँदो चैत २३ गते हुने भनिएको शिक्षकको आन्तरिक परीक्षा स्थगित भएको छ ।

शिक्षक सेवा आयोगले शुक्रबार सूचना सार्वजनिक गर्दै अहिलेलाई परीक्षा स्थगित गरिएको जनाएको छ ।
बिहीबार नै अस्थायी शिक्षकलाई स्थायी बनाउने परीक्षाको स्थगनको माग राख्दै संयुक्त विद्यार्थी संगठनले एक घण्टा चक्काजाम गरेका थिए ।

उनीहरुले शिक्षक सेवा आयोगले लिइने परीक्षामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेका भन्दै परीक्षा स्थगितको माग गरी दिउँसो १२ देखि १ बजेसम्म माइतीघर मण्डलामा चक्का जाम गरेका थिए ।

विद्यार्थी संगठनले शिक्षा ऐन–२०२८ को नवाैँ संशोधन बमोजिम आन्तरिक विज्ञापन गरी अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेको भन्दै परीक्षा स्थगितको माग गरेका हुन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !