२२ बैशाख २०८१, शनिबार

बुद्ध एयरको धनगढीबाट रात्रिकालीन उडान शुरु


buddha-air

११ चैत, धनगढी । बुद्ध एयरले धनगढी विमानस्थलबाट रात्रिकालीन उडान शुरु गरेको छ । बुद्धले आफ्नै स्याटेलाइट प्रविधिमार्फत शनिबारबाट रात्रिकालीन उडान सुरु गरेको हो ।

विगत ७-८ महिनादेखि परीक्षण उडान गर्दै आएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिएपछि रात्रिकालीन उडान सुरु गरिएको बुद्ध एयर, धनगढीका प्रमुख बुधराम माझीले जानकारी दिए ।

‘एयर ट्राफिक जामका कारण कहिलेकाँही उडान ढिलाई हुँदा राति उडान गर्नुपर्ने अवस्थामा धेरै पटक क्यान्सिल गर्नु परेको थियो,’ माझीले भने, ‘अब त्यस्तो कारणले बुद्ध एयरको उडान प्रभावित हुँदैन । बेलुका उड्न नपाएको जहाज अब राति उड्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !