२२ बैशाख २०८१, शनिबार

सुन्धारा स्थित गुलाव मिठाइमा आगलागी


fire

७ चैत, काठमाण्डौ । सुन्धारास्थित काठमाण्डौ महानगरपालिकाको कार्यालय नजिकै रहेको गुलाव मिठाई पसल र सालिमार होटलमा भिषण आगलागी भइरहेको छ ।

६ बजेपछि सुरु भएको आगलागी नियन्त्रणमा लिन सेना, प्रहरी र महानगरका कर्मचारीले प्रयास गरिरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

काठमाण्डौ महानगर, ललितपुर महानगरका दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । प्रहरीले हालसम्म दुई जना घाइते भएको पाइएको जानकारी दिएको छ ।

आगलागीवाट के कति जनधनको क्षति भएको छ भन्ने विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ । आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण आउने प्रहरीको भनाइ छ ।

आगो के कसरी लागेको हो भन्ने थाहा हुन नसकेको पनि प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !