१४ बैशाख २०८१, शुक्रबार

दोर्दीखोला जलविद्युत कम्पनीले आइपिओ जारी गर्ने


IPO

Dardikhola

६ चैत, काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड (DORDI) ले आईपिओ निष्कासनको प्रस्ताव राखेर चैत २८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन गर्ने भएको हो । सभाका लागि दोर्दी खोलाले चैत १४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।

कम्पनीले लम्जुङमा १२ मेगावाटको दोर्दीखोला एक आयोजना निर्माण गरिरहेको छ । आयोजना आउदो डेढ वर्षमा सम्पन्न हुने लक्ष्य कम्पनीको छ ।

आयोजनाको अनुमानित लागत २ अर्ब २९ करोड रुपैयाँ छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक, कैलाश विकास बैंक लगायतले एक अर्ब ४० करोडको ऋण लगानी छ ।

आयोजना संचालक समुह सिईडिबी हाइड्रोले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो।  ११ मेगावाटको तल्लो खारे खोला निमार्णधिन छ भने ४.३ मेगावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !